तिहारको संघारमा पोखरा महागर वडा १ ले गर्याे सरसफाई कार्यक्रम

पाेखरा | कात्तिक २४, २०८०

तिहारको संघारमा पोखरा महागर वडा १ ले गर्याे सरसफाई कार्यक्रम

पोखरा:   पोखरा महानगरपालिका–१ वडा कार्यालयले तिहारको संघारमा वडाको विभिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । 

 

पोखरा महानगरपालिका १ भित्रका विभिन्न टोललाई तीन क्षेत्रमा विभाजन गरी वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । 

 

वडा कार्यालय बगरबाट सरसफाई सुरु गरि वडा भित्रका सबै टोलहरुमा सरसफाई गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार सो कार्यक्रममा २१ वटा आमासमूह, १६ टो विकास संस्था, ७ वटा युवा क्लब तथा संघ संस्था र ४ वटा तमु समाजको सहभागिता रहेको थियो ।
 

नेपालीहरुको चाड तिहारको संघारमा वडालाई सफा बनाउनका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको उनले बताइन् । उनले सामाजिक कार्यक्रम अन्तरगत वडाले यसअघिदेखि नै सरसफाई कार्यक्रम आयोजना गर्दै आएको बताइन् ।

 

सो कार्यक्रममा पाँचै जना जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका अगुवाहरु तथा स्नायीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

वडाले खेलकुदको क्षेत्रमा, टोलटोलमा सरसफाई, सडकबत्ती मर्मत तथा जडान, विभिन्न महामारीको समयमा राहात वितरण तथा लागुऔषध विरुद्धको सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्